सप्तरीमा ड्युटीमा रहेका सुरक्षा गार्डको हत्या

नेपालभ्युज

सप्तरीमा ड्युटीमा रहेका सुरक्षा गार्डको हत्या

काठमाडौं । सप्तरीमा ड्युटीमा रहेका नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ।

सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित शाखामा कार्यरत सुरक्षागार्ड ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो।

बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

फुँयालको शरिरमा खुकुरीले प्रहार गरेको देखिन्छ ।

घटनाबारे अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved