लखनउलाई पराजित गर्दै हैदरावाद तेस्रो स्थानमा उक्लियो

नेपालभ्युज

लखनउलाई पराजित गर्दै हैदरावाद तेस्रो स्थानमा उक्लियो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ ।

हैदरावादले लखनउलाई १० विकेटले पराजित गरेको हो । गएराति भएको खेलमा हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १६६ रनको लक्ष्य पुरा गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार इनिङ्स खेल्दै लखनउविरुद्ध जित दिलाएका हुन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved