‘भेडाको बथान’जस्तै कर्णाली नदीमा किन फालहाले युवा ? एकजना अझै भेटिएनन् (भिडियोसहित)

नेपालभ्युज

‘भेडाको बथान’जस्तै कर्णाली नदीमा किन फालहाले युवा ? एकजना अझै भेटिएनन्  (भिडियोसहित)

काठमाडौं । भेडाको बथानमा अगाडी रहेको भेडा फाल हाले पछाडि रहेका सबैले त्यही सिको गर्छन् ।

त्यस्तै भेडाको बथान फालहालेको शैलीमा कर्णाली पुलबाट लगातार १७ जना युवा नदीमा हाम फालेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।

त्यस्तै लाग्ने दृश्य सोमबार कैलालीको चिसापानीमा देखियो । आइतबार पहाडमा होली थियो, सोमबार तराइमा मनाइँदै थियो । त्यही क्रममा केही युवाहरू पुलमा गए । नदीमा ‘जम्प’ गर्न थाले । देख्नेहरूले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो ।

होली मनाउने क्रममा मदिरा सेवन गरेका उनीहरू नसाको तालमा नदीमा हामफालेको प्रत्यक्षदर्शी बताउँछन् । विगतमा पनि होलीमा त्यहाँबाट फाल हाल्नेहरू हुन्थे । यसैले रोक्नको लागि प्रहरी परिचालन भएको थियो । प्रहरीलाई अटेर गर्दै एकैछिन फोटो खिच्न भनेर गएका युवाहरू अचानक फाल हाले, त्यो पनि लगातार १७ जना ।

पुलबाट नदीमा फाल हालेका मध्ये केहीलाई डुङ्गाबाट उद्दार गरियो । केही आफैँ किनारमा आए । ती मध्ये एकजना न आफू किनारमा आउन सके, न त उद्दार नै गर्न सकियो । बेपत्ता हुनेमा कैलाली चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार सोमबार अपराह्न ४ बजेतिर एक समूहले कर्णाली नदीमा हाम फालेको थियो । उनीहरू ड्युटीमा रहेका प्रहरी जवानको आग्रहलाई अटेर गरेर पुलमा गएका थिए ।

बेपत्ता भएका शाहीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सशस्त्र प्रहरी र स्थानीयको सहयोग उनको खोजी भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved