जसपाको बैठक आज पनि बस्दै, महाधिवेशन प्रतिनिधिबारे टुंगो लगाउने

नेपालभ्युज

जसपाको बैठक आज पनि बस्दै, महाधिवेशन प्रतिनिधिबारे टुंगो लगाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ ।

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाउपर छलफल हुने नेता मनिष सुमनले बताए ।

हिजो बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ संगठन, पेसागत संघ संगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको थियो ।

निर्देशिकाले जसपाको करिब १ लाख ४६ हजार संगठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved