कांग्रेस गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानबाट पछि नहट्ने

नेपालभ्युज

कांग्रेस गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानबाट पछि नहट्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नैपर्ने निष्कर्ष निकालेको छ ।

बुधबार सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय निकालेको उपसभापति धनराज गुरुङले जानकारी दिए ।

“यो दुई/चार जनाको विषय होइन, सयौं बचतकर्ताहरूको कुरा हो । त्यसैले यसबाट पछाडि हट्नुहुँदैन भन्नेमा हामी एकमत भयौँ । हाम्रो अडान यथावत् रहन्छ,” उपसभापति गुरुङले भने ।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि कुनै पनि हालतमा छानबिन समिति बन्नुपर्ने माग राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेबाट बजेट अधिवेशन आह्वान गरेका छन् । कांग्रेसले यो मागलाई त्यहाँ पनि दोहोर्‍याउने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved