नयाँ सरकार गठन प्रक्रियाबारे कोशीका प्रदेश प्रमुखले मागे महान्यायाधिवक्तासँग राय

नेपालभ्युज

नयाँ सरकार गठन प्रक्रियाबारे कोशीका प्रदेश प्रमुखले मागे महान्यायाधिवक्तासँग राय
फाइल फोटो

काठमाडौं । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठन प्रक्रियाबारे महान्यायाधिवक्तासँग राय मागेका छन् ।

बुधबार नेकपा एमाले र माओवादी केन्द्रले ‘नयाँ सरकार गठनको प्रक्रिया थालियोस्’ भन्दै पत्र बुझाएपछि खापुङले प्रधानमन्त्रीका कानुनी सल्लाहकार महान्यायाधिवक्ता दीनमणि पोखरेलसँग राय मागेका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण पदमुक्त भइसकेको भन्दै अर्को सरकार गठनको आह्वान गर्न माग गर्दै खापुङलाई निवेदन दिएका थिए ।

सत्ता समीकरण फेरिएपछि २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

उनीहरूले ३० दिनभित्र अर्थात २५ वैशाखभित्र विश्वासको मत नलिएका कारण मुख्यमन्त्री कार्की पदमुक्त भएको जिकिर गर्दै अर्को सरकार गठनको आह्वान गर्न माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved