कोशी प्रदेश

प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र- नयाँ सरकार गठनको प्रक्रिया थालियोस्

नेपालभ्युज

प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र- नयाँ सरकार गठनको प्रक्रिया थालियोस्
फाइल फोटो

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न माग गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र लेखेका छन् ।

पत्र आफैँ लिएर एमाले संसदीय दलका नेता हिक्मत कार्की, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोलगायत सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङकहाँ पुगेका छन् ।

प्रदेशमा अहिले केदार कार्की मुख्यमन्त्री छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिएका छैनन् भने मार्गप्रशस्त पनि गरेका छैनन् ।

उनलाई समर्थन गरेका दलहरू एमाले र माओवादी केन्द्रले चैत २५ गते समर्थन फिर्ता लिएका थिए । त्यसपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले संविधानत: वैशाख २५ अर्थात मङ्गलबारभित्र विश्वासको मत लिइसक्नुपर्थ्यो । तर, उनले लिएनन् ।

यसपछि उनी स्वत: कामचलाउ बनेको जिकिर एमाले-माओवादीको छ । उनीहरूले मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुखले कामचलाउको पत्र थमाएर नयाँ सरकार गठनको प्रक्रिया थाल्न माग गरेका छन् ।

माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ले नेपालभ्युजसँग भने— पत्र दिइसकेका छौँ, सम्भवत: आजै साँझसम्ममा उहाँ (प्रदेश प्रमुख परशुराम खापुङ) ले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ ।

पत्र हेर्नुहोस्-

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved