मैले पार्टी फुटाउन लागेको भन्दै सुनियोजित रूपले प्रचार भयो : झलनाथ खनाल

नेपालभ्युज

मैले पार्टी फुटाउन लागेको भन्दै सुनियोजित रूपले प्रचार भयो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको कुरा झुटो भएको बताए ।

जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि एकीकृत समाजवादीबारे विभिन्न टिका टिप्पणी भइरहेको बेला खनालले यस्तो बताएका हुन् ।

‘केहि दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ ।’ खनालले भने, ‘केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’

उनले प्रतिक्रियावादीहरू आफ्नो पार्टीविरूद्ध आइलाग्न कोसिस गरिरहेको बताएका छन् ।

‘पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित भएका छन् । त्यसैले उनीहरू प्रतिक्रियावादीहरूका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरू लिएर हाम्रो पार्टीका विरूद्ध आइलाग्न कोसिस गर्दैछन् ।’ खनालले भने ।

मुलुकमा राजनीतिक शक्तिहरू ध्रूवीकरण हुने प्रक्रिया तीव्र रूपले अघि बढिरहेको बताउँदै उनले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved