समुन्नत नेपाल सबैको सपना हो : देउवा

नेपालभ्युज

समुन्नत नेपाल सबैको सपना हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताएका छन् ।

शनिबार ललितपुरको गोदावरी नगरपालिकाको ८औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

खेल मैदानको संरक्षण गर्न आवश्यक रहेको पनि बताए । उनले पालिकाहरुले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।

साथै, खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य रहेको उनको भनाई छ ।

र, देउवाले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भुमिका महत्वपूर्ण हुने जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved