लेखा परीक्षक राष्ट्रका आर्थिक पहरेदार हुन् : राष्ट्रपति पौडेल

नेपालभ्युज

लेखा परीक्षक राष्ट्रका आर्थिक पहरेदार हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लेखा व्यवसायीहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरुमा पारदर्शिता कायम गर्न योगदान पुगेको बताए । कुनै देशले नेपाललाई सहयोग गर्दा हेर्ने भनेको देशको खर्च र हिसाब प्रणालीको पारदर्शीता नै भएकाले पनि यसमा चनाखो हुनुपर्ने पौडेलले बताए ।

विकास निर्माणको ठूला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुने भन्दै लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको पौडेलको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved