जापानीहरुमा ढिला बुढ्यौली आउनुको रहस्य यस्तो छ

नेपालभ्युज

जापानीहरुमा ढिला बुढ्यौली आउनुको रहस्य यस्तो छ

एजेन्सी । जापानमा रहने व्यक्तिहरु अन्य देशहरुको तुलनामा धेरै वर्ष बाँच्छन् । जापानीहरु धेरै वर्ष बाँच्ने मात्र होइन उनीहरुलाई क्यान्सर र हृदयघात जस्ता ठूला रोगपनि कम मात्रै लाग्छ ।

जापानका मानिसको जीवनशैलीमा आधारित हेक्टर गार्सिया र फ्रान्सिस मिरेलसको किताब इकिगाईमा जापानीको लामो आयुको रहस्यका बारेमा बताइएको छ ।

आफूलाई स्वस्थ राख्न जापानी त्यति नै खान्छन् जसबाट उनीहरुको पेट जम्मा ८० प्रतिशत नै भरियोस् । उनीहरु कहिल्यै पनि पूरा पेट भरिने गरी खाना खाँदैनन् ।

सधैं जवान रहनका लागि मन सफा हुन एकदमै आवश्यक हुन्छ । जोसले भरिएको मन सधैं शरीरलाई जवान राख्ने गर्छ । जसले गर्दा उमेर बढेको असर पनि कम देखिन्छ ।

एक्लोपन र तनावको कारणले पनि मानिस वास्तविक उमेरभन्दा धेरै बुढो देखिन थाल्छन् । अमेरिकन इन्स्टीच्यूट अफ स्टे«स म्यानेजमेन्टका अनुसार, रोगको  सबैभन्दा ठूलो कारण तनाव हो ।

लगातार तनावमा रहनु शरीरका लागि हानिकारक हुन्छ । लगातार तनावले निराशा पैदा गर्छ । यही कारणले चिडचिडापन, निद्रा नलाग्नु, चिन्ता तथा उच्च रक्तचाप जस्ता समस्या हुन्छन् ।

त्यस्तै जापानका व्यक्ति अन्य देशको तुलनामा धेरै मितव्ययी तथा मित्रतापूर्ण व्यवहार गर्छन् । यसले एक्लोपन तथा निराशा जीवनमा आउँदैन । तनावबाट मुक्तिका लागि ध्यान तथा मेडिटेशन पनि एउटा राम्रो उपाय हो ।

स्वाससँग जोडिएका कसरतले पनि हामी तनाव मुक्त रहन सक्छौं । यदि समयभन्दा पहिलै आउने बुढ्यौली कम गर्नु छ भने आफ्नो दैनिकी तथा जीवनशैली परिवर्तन गरेर हेर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved