अष्ट्रेलिया जाने विद्यार्थीका लागि बचतको रकम फेरि बढ्यो, २६ लाख रुपैयाँ देखाउनै पर्ने

नेपालभ्युज

अष्ट्रेलिया जाने विद्यार्थीका लागि बचतको रकम फेरि बढ्यो, २६ लाख रुपैयाँ देखाउनै पर्ने

काठमाडौं । अष्ट्रेलिया जाने विद्यार्थीका लागि थप कडाइ भएको छ । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीले भिसा प्राप्त गर्न बचतको रकम बढाएको छ । अष्ट्रेलियाले विदेशी विद्यार्थीको चाप घटाउने उद्देश्यले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम बढाएको हो ।

मे १० अर्थात् भोलिदेखि लागू हुने नयाँ नियममा अन्तर्राष्ट्रिय विद्यार्थीले भिसा प्राप्त गर्न कम्तिमा २९ हजार ७१० अष्ट्रेलियन डलर बचत गरेको प्रमाण देखाउनु पर्ने छ ।

अष्ट्रेलियाले यसअघि ७ महिना अगाडि पनि बचत रकमको परिमाण बढाएको थियो । गत अक्टोबरमा २१ हजार ४१ अष्ट्रेलियन डलरबाट बढाएर यसलाई २४ हजार ५०५ बनाइएको थियो ।

कोभिडको प्रतिबन्धपछि अत्यधिक बढेका विदेशी विद्यार्थीको भिसा अनुमति अनुपात घटाउन नयाँ आप्रवासन रणनीति अन्तर्गत अष्ट्रेलियाले अङ्ग्रेजीमा बढी स्कोरदेखि त्यहाँ बसाइ लम्ब्याउने सम्बन्धी यसअघिको व्यवस्थामा कडाइ गरिसकेको छ ।

विद्यार्थी भर्नामा नक्कली काम गरेको पाइएमा उनीहरूलाई दुई वर्षसम्मको जेल सजाय र विद्यार्थी भर्ना प्रतिबन्ध लगाउन सकिने सरकारको नयाँ नियम छ ।

विद्यार्थीको शोषण गर्ने र अष्ट्रेलियाको शैक्षिक प्रतिष्ठा धमिल्याउने गतिविधिलाई कुनै स्थान नदिने भन्दै सरकार कडा रुपमा प्रस्तुत भएको छ ।

आर्थिक व्यवस्थामा कडाइसँगै अब अष्ट्रेलियामा परिवारका सदस्यका साथ विद्यार्थी भिसा प्राप्त गर्न आवश्यक ८४ लाख ५४३ अष्ट्रेलियन डलरलाई बढाएर अहिले १ लाख २ हजार पाँच सय बनाइएको छ ।

अस्ट्रेलियामा महँगी उच्च बढेसँगै अन्तर्राष्ट्रिय विद्यार्थीको बचत रकमको परिमाण पनि बढाइएको हो । पछिल्लो समय अष्ट्रेलिया सरकार अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा भारी कटौती गर्ने रणनीतिमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved