वेस्ट इन्डिज ‘ए’विरुद्ध रोहित पौडेलको अर्धशतक

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं। टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा रोहितले २७ बलमा अर्धशतक पूरा गरेका हुन्।

सो क्रममा रोहितले ६ चौका र २ छक्का प्रहार गरे। नेपालले १०.४ ओभरमा ३ विकेटको क्षतिमा ९४ रन बनाएको छ।

वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिहरहेको छ।

यसअघि कुशल मल्ल १६, कुशल भूर्तेल १६ र अनिल साह ५ रनमा आउट भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved