यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

नेपालभ्युज

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले  आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएकाे छ ।

बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले  आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम जेठ १ गते दिउँसाे ३ बजे संघीय संसदमा प्रस्तुत गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन्  ।

यस्तै बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय  पनि गरेकाे छ ।

बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक पाउने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेकाे  प्रवक्ता शर्माले बताईन्  ।

उनका अनुसार बैठकले  समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई मनोनयन गरेको छ  । यसैगरि  बैठकले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने निर्णय गरेको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved