मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री उपेन्द्र यादव अनुपस्थित

नेपालभ्युज

मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री उपेन्द्र यादव अनुपस्थित

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उनी अनुपस्थित भएका हुन् ।

मन्त्री यादवको सचिवालयका अनुसार  स्वास्थ्य मन्त्रालयको कुनै एजेन्डा नभएको र उनी पार्टीकै काममा व्यस्त हुनुपरेकाले मन्त्रीपरिषद्को बैठकमा उपस्थित नभएका हुन् ।

यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपाल उनी विदेश रहेका बेला विभाजन भएको थियो । अशोक राईको नेतृत्वमा विभाजित बनेको जसपाले सोमबार निर्वाचन आयोगबाट आधिकारिकता पाएको थियो ।

बैठक सिंहदरबारमा जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved