सभामुख र प्रमुख सचेतकहरुको छलफल बिना निस्कर्ष सकियो

नेपालभ्युज

सभामुख र प्रमुख सचेतकहरुको छलफल बिना निस्कर्ष सकियो

काठमाडौं । सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल बिना निस्कर्ष सकिएको छ ।  बिहीवार सिंहदरबारमा बसेको बैठकमा शुक्रवारबाट शुरु हुने वर्षे अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लागेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम नै राखेको छ ।

जसकारण पनि आजको बैठक संसद निर्वाचन सुचारु गर्ने सहमति बिनै टुंगिएको हो । बैठक पुनः शुक्रवार बस्नेछ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठकमा शुक्रवारको प्रतिनिधि सभाको बैठकमा शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूचि तय भएको र शिर्ष नेताहरुको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहजता पूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताए ।

उनले बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनैपनि कार्यसूचि नराख्ने र शिर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने भएको कांग्रेसले सभा अवरुद्ध नगर्नेमा विश्वस्त रहेको बताए । उनले संसदको बैठकमा शिर्ष नेताहरुले महत्व दिएर सम्बोधन गर्नेकुरा जरुरी रहेको र यसले राजनीतिक अर्थ  दिनुका साथै देशभरका समस्या शिर्ष नेताबाट उजागर हुने अपेक्षा गरे ।

बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शुक्रवारको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्ने बताए । बजेट अधिवेशन भएकाले शुरु हुने र राम्रोसँग व्यवस्थित हुनेमा आशावादी रहेको उनले बताए।

बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक शुक्रवार नै बस्ने भएकाले थप निर्णय नभएपनि संसद सामान्य हिसावमा नै अघि बढ्ने बताए। उनले शुक्रवारको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने पनि जानकारी दिए । संसदप्रति सबै राजनीतिक दल गम्भीर बन्नुपर्ने उनले बताए ।

बैठकपछि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलका प्रमुख सचेतक र सचेतकहरुसँग शुक्रवारको संसद बैठक सञ्चालनसम्बन्धी छलफल भएको बताए। उनले बैठक सञ्चालनमा अझै कुरा नमिलेको र कांग्रेसको संसदीय दलको बैठकपछि थप निर्णय हुने बताए।

बैठकमा भन्सारको महशुल सम्बन्धी विधेयक अघि बढाउने बारेमा पनि छलफल भएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved