सलमान खान र रश्मिका मन्दना पहिलोपटक सँगै काम गर्दै

नेपालभ्युज

सलमान खान र रश्मिका मन्दना पहिलोपटक सँगै काम गर्दै

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘सिकंदर’मा रश्मिका मन्दनाको प्रवेश भएको छ । बिहीबार फिल्म निर्माताहरूले सामाजिक सञ्जाल पोस्टमार्फत यसको घोषणा गरेका हुन् ।

पोस्टमा रश्मिकालाई फिल्म ‘सिकन्दर’ मा सलमानको अपोजिटमा स्वागत गरिएको थियो ।

रश्मिकाले पनि ट्विट गर्दै लामो समयदेखि आफ्नो आगामी प्रोजेक्टबारे सोध्नेलाई सरप्राइज भन्दै आफूलाई सलमानको आगामी फिल्म सिकन्दरको हिस्सा बनाइएको धन्यवाद भनेकी थिइन् ।

योसँगै सामाजिक सञ्जालमा सलमानको एउटा तस्वीर भाइरल भएको छ । तस्वीर ‘सिकंदर’को सेटको हो ।

यस फिल्ममा सलमान र रश्मिका पहिलोपटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता चर्चित फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता रहनेछन् । फिल्म आगामी वर्षको इदमा रिलिज गर्ने तयारी भइरहेको छ ।

रश्मिकाले ‘एनिमल’ र ‘पुष्पा’ जस्ता सुपरहिट फिल्म दिएकी छिन् ।  अभिनेताका रूपमा सलमानका पछिल्ला ४ फिल्म ‘राधे’ र ‘अन्तिम’ फ्लप रहे । ‘किसी का भाइ किसीकी जान’ ले औसत व्यापार गर्दा र ‘टाइगर ३’ चाँहि हिट थियो । निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी र ‘किक जस्ता कयौँ हिट फिल्म दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved