मध्यरात ३० फिट गहिरो इनारमा खसेका व्यक्तिको आधा घण्टापछि सकुशल उद्धार

नेपालभ्युज

मध्यरात ३० फिट गहिरो इनारमा खसेका व्यक्तिको आधा घण्टापछि सकुशल उद्धार

काठमाडौं । इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार गरिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुद्द लामा तामाङ शनिबारराति सवा १ बजेतिर ललितपुर ५ को इनारभित्र खसेका थिए ।

लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएका प्रहरी टोलीले करिब ३० फिट गहिरो इनारमा खसेका तामाङलाई सकुशल उद्दार गरेको हो । उनको उद्धारमा करिब आधा घन्टा लागेको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार उनी उपचारका लागि पाटन स्वास्थय विज्ञान प्रतिष्ठान ललितपुरमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved