रूसलाई सहयोग गरे चीनलाई कारबाही गर्ने अमेरिकाको चेतावनी

नेपालभ्युज

रूसलाई सहयोग गरे चीनलाई कारबाही गर्ने अमेरिकाको चेतावनी

काठमाडौं । युक्रेनमाथिको आक्रमणमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यदि चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामान रूसलाई उपलब्ध गराउन नरोकेमा कडा कारबाही गर्ने बताएका हुन्।

शीतयुद्धपछि युरोपको सुरक्षा सबैभन्दा ठूलो खतरामा परेको र त्यसको विरूद्धमा चीनले काम गरिरहेको ब्लिन्केनले स्पष्ट रूपमा चिनियाँ विदेशमन्त्री सँगको कुराकानीमा राखेका थिए ।

तर, ब्लिन्केनले अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भन्नेबारे केही भनेनन् ।

ब्लिन्केनले अमेरिका केही विषयमा अगाडि बढेको संकेत गरेका छन् ।

ब्लिन्केन २४ देखि २६ अप्रिलसम्म तीन दिने चीन भ्रमणमा आएका थिए ।

शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा ननाघ्न चेतावनी दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved