पुटिनले पाँचौं पटक राष्ट्रपतिको शपथ लिदैं

नेपालभ्युज

पुटिनले पाँचौं पटक राष्ट्रपतिको शपथ लिदैं

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक शपथ लिने भएका छन् ।

उनको शपथ ग्रहण समारोह नेपाली समय अनुसार दिउँसो २ः४५ बजे राजधानी मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा सुरू हुनेछ ।

यो समारोह करिब एक घण्टा सम्म चल्छ। रूसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाएका थिए ।

ग्रान्ड क्रेमलिन दरबार त्यही ठाउँ हो जहाँ रूसको जारवादी परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्ज्याण्डर तृतिय र निकोलस द्वितीय)को राज्याभिषेक गरिएको थियो।

पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको शपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।

शपथ ग्रहण समारोहमा रूसको संघीय परिषद्का सदस्यहरू (सिनेटका सांसदहरू), राज्य डुमाका सदस्यहरू(तल्लो सदनका सांसदहरू), उच्च अदालतका न्यायाधीशहरू, विभिन्न देशका राजदूतहरू र कूटनीतिक निकायहरू सहभागी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved