गाजा क्षेत्रमा इजरायलको पुन: हमला, हर्कतको परिणाम इजरायलले चाँडै भोग्ने हमासको चेतावनी

नेपालभ्युज

गाजा क्षेत्रमा इजरायलको पुन: हमला, हर्कतको परिणाम इजरायलले चाँडै भोग्ने हमासको चेतावनी

काठमाडौं । हमाससँगको वार्ता विफल भएसँगै इजरायलले गाजा क्षेत्रमा पुन हमला सुरु गरेको छ । कायरोमा भएको वार्ता निष्कर्ष विहिन भएपछि इजरायली सेनाले गाजाको रफामा हवाई हमला सुरु गरेको हो ।

रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको भिडियो फुटेज सार्वजनिक भएका छन् । हमला गर्नु अघि इजरायली सेनाले रफामा आश्रय लिएर बसेका प्यालेस्टिनीहरुलाई ठाँउ खाली गर्न उर्दी जारी गरेको थियो ।

इजरायली हमलाबाट बच्न ठूलो संख्यामा प्यालेस्टिनीहरु घरबार छाडेर हिडेका छन् । उनीहरु उत्तरी रफाको खानयुनिसतर्फ गएका छन् ।

रफामा हमला गरेर इजरायलले द्वन्दलाई झन् बढाएको हमासले आरोप लगाएको छ । पछिल्लो हरकतको परिणाम इजरायलले चाँडै भोग्ने हमासले चेतावनी दिएको छ । हमला जारी राखे बन्धकहरुलाई मुक्त गर्न बाधा पुग्ने हमासको भनाइ छ ।

हमास वार्ता टोलीमा संलग्न सामी अबु जुहारीले इजरायल–अमेरिका मिलेर प्यालेस्टिनीमाथि आक्रमण गरेको आरोप लगाएका छन् । इजिप्टले कतारसँग मिलेर हमासको नियन्त्रणमा रहेका १३२ जनालाई रिहाइ गर्न मध्यस्थता गर्दै आएको छ ।

पछिल्लोपटक इजिप्टको राजधानी कायरोमा इजरायल र हमासका वार्ता टोली सदस्यहरुबीच दुई दिनसम्म चलेको वार्ता विफल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved