पुटिनले लिए राष्ट्रपतिको शपथ, भन्छन्- शत्रुसँग पनि सम्बन्ध सुधार्छौं

नेपालभ्युज

पुटिनले लिए राष्ट्रपतिको शपथ, भन्छन्- शत्रुसँग पनि सम्बन्ध सुधार्छौं

काठमाडौं । भ्लादिमिर पुटिनले पाँचौं पटक रूसको राष्ट्रपति पदको शपथ लिएका छन् । पुटिनले मंगलबार राजधानी मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिएका हुन् ।

शपथ ग्रहणका क्रममा उनले आफ्नो दाहिने हात संविधानको विशेष प्रतिलिपिमा राखेका थिए।

यो त्यही ठाउँ हो जहाँ रूसको जार परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्जेन्डर तृतिय र निकोलस द्वितीय)को राज्याभिषेक गरिएको थियो।

शपथपछि पुटिनले भने, ‘हामी अझ बलियो बन्नेछौँ। हामीलाई शत्रु ठानेका देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउनेछौँ। जनताको विश्वास कायम राख्न सक्दो प्रयास गर्नेछु।’

रूसमा मार्च १५–१७ मा भएको राष्ट्रपतीय निर्वाचनमा पुटिन ८८ प्रतिशत मतसहित निर्वाचित भएका थिए भने उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाए ।

पुटिनले यसअघि सन् २००० मा पहिलो पटक राष्ट्रपति पदको शपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।

शपथपछिको सम्बोधनमा पुटिनले पश्चिमा मुलुकसँग वार्ताका लागि तयार रहेको बताए ।

पश्चिमी देशहरूले लगातार रूसको विकासलाई रोक्न खोजेको उनको भनाई छ । तर, युरोप र एशियाका सहयोगीहरूसँग बहुध्रूवीय विश्व व्यवस्थाका लागि काम गरिरहने पुटिनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved