गर्मीमा यसरी गर्नुहोस् मेकअप, दिनभर रहनुहुनेछ फ्रेस

नेपालभ्युज

गर्मीमा यसरी गर्नुहोस् मेकअप, दिनभर रहनुहुनेछ फ्रेस

एजेन्सी । गर्मी बढ्दै गइरहेको छ । यस्तोमा बाहिर निस्कन पनि समस्या हुन थालेको छ । यदि निस्कनै पर्दा पनि पसिना, धुलो, माटो तथा कडा सूर्यको किरणले शरीरसँगै छाला तथा अनुहारमा पनि नराम्रो असर गरिरहेको हुन्छ ।

यी सबै कारणले मेकअप पनि छिटो बिग्रने तथा नराम्रो देखिने समस्या हुन्छ । यस्तो अवस्थामा तपाईंले केही टिप्स अपनाएर मेकअपलाई लामो समयसम्म टिक्न सक्ने बनाउन सक्नुहुन्छ । त्यस्तै केही टिप्स आज हामी तपाईंलाई बताउनेछौं ।

गर्मीको मौसममा धेरै हेवी मेकअव गर्नबाट बच्नुपर्छ । यस्तोमा हल्का तथा सामान्य मेकअप गर्न फाउन्डेशनको ठाउँमा बीबी क्रीम प्रयोग गर्नु राम्रो मानिन्छ ।

पूरा दिन गर्मीमा फ्रेश देखिन तपाईं टिन्टेड मोइस्चराइजर पनि लगाउन सक्नुहुन्छ । यसले एकदमै हल्का तथा राम्रो महसुस हुनेछ ।

अनुहारमा मेकअप लामो समय टिकाइराख्न प्राइमर लगाउनु एकदमै जरुरी हुन्छ । यस्तोमा मेकअप गर्नुअघि हल्का खालको प्राइमर अवश्य लगाउनुहोस् ।

तपाईंको अनुहारमा कन्सीलर लगाउने त्यति आवश्यकता छैन भने यसलाई स्किप गर्नुहोस् । गर्मीमा एकदमै हल्का मेकअप नै राम्रो हुन्छ ।

गर्मी मौसममा प्राकृतिक रुपमै सुन्दर देखिन नियमित प्रयोग गर्ने खालको पेन्सील आइलाइनर लगाउनुहोस् । साथमा आँखामा कुनै पनि क्रिमी आइस्याडो प्रयोग नगर्नुहोस् ।

मेकअप गरिसकेपछि फेस मिस्ट लगाउँदा छाला हाइड्रेट देखिन्छ । साथमा यसले तपाईंको मेकअप लामो समय रहनुका साथै फ्रेस पनि देखाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved