रफाह सहरबाट १० लाख प्यालेस्टिनीलाई निकाल्दै इजरायली सेना

नेपालभ्युज

रफाह सहरबाट १० लाख प्यालेस्टिनीलाई निकाल्दै इजरायली सेना

काठमाडौं । इजरायली सेनाले गाजाको रफाह सहरबाट प्यालेस्टिनीहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ।

रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् ।

बीबीसीका अनुसार इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने उनीहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ।

इजरायली सेनाले त्यहाँ टेन्ट, खाना, पानी र औषधिको सुविधा उपलब्ध गराइने दाबी गरेको छ ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासलाई हराउन रफाहमा आक्रमण आवश्यक रहेको बताएका छन् ।

धेरै मानवअधिकार संगठनहरूले इजरायललाई रफाहमाथि आक्रमण नगर्न अपील गरेका छन्।

इजरायलले रफाहमा आक्रमण गरे, हजारौं प्यालेस्टाइनीको ज्यान जान सक्ने मानवअधिकार संगठनहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved