विपद्‌बाट पछिल्लो २४ दिनमा २७ जनाको मृत्यु

नेपालभ्युज

विपद्‌बाट पछिल्लो २४ दिनमा २७ जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो ।

यस अवधिमा आगलागीबाट १८ जनाको मृत्यु भयो भने डढेलोबाट ६ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएको प्राधिकरणले जनाएको छ । विपद्बाट ९० जना घाइते भएका छन् ।

यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलब्ध थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved