आज विश्व रेडक्रस दिवस, वर्षेनी २५ लाख नेपाली रेडक्रसबाट लाभान्वित

नेपालभ्युज

आज विश्व रेडक्रस दिवस, वर्षेनी २५ लाख नेपाली रेडक्रसबाट लाभान्वित

काठमाण्डौ । आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ तारिख रेडक्रस दिवस मनाउने गरिन्छ ।

दिवसले रेडक्रसकर्मीमा मानवीय आत्मसम्मानको रक्षा गर्ने, मानवीय पीडा कम गर्ने व्यक्ति तथा समुदायलाई सेवा गर्ने प्रेरणा र प्रतिबद्धता प्राप्त हुने अपेक्षा गरिएको छ । रेडक्रस अभियान मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित छ ।

रेडक्रस अभियानले हरेक वर्ष संघर्ष र विभिन्न विपत्तिका बेला विश्वभरिका ९ करोड ५० लाखभन्दा बढी व्यक्तिलाई सेवा पु¥याउन सक्षम रहेको जनाएको छ । रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय परोपकारी संस्था पनि हो ।

विश्वभरका एक सय ९१ राष्ट्रिय सोसाइटीहरूसहित मिलेर बनेको यस अभियानमा झण्डै एक करोड ६० लाखभन्दा बढी स्वयंसेवक आबद्ध रहेको रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघले जनाएको छ ।

नेपाल रेडक्रसले आइएफआरसीको आर्थिक एवम् प्राविधिक सहयोगमा प्रकोप व्यवस्थापन, स्वास्थ्य सेवा, सामुदायिक विकास लगायतका क्षेत्रमा बर्सेनि २५ लाखभन्दा धेरैलाई सेवा दिदै आएको जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved