अल जजिरा टिभी नेटवर्कको कार्यालयमा इजरायली प्रहरीको छापा

नेपालभ्युज

अल जजिरा टिभी नेटवर्कको कार्यालयमा इजरायली प्रहरीको छापा

काठमाडौं । इजरायली प्रहरीले राजधानी जेरूसेलमको एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ ।

इजरायलका सञ्चारमन्त्रीले छापा मारेर प्रहरीले प्रसारण उपकरणहरू जफत गरेको जानकारी दिए ।

सञ्चारमन्त्रीले सोशल मिडिया प्लेटफर्म एक्समा एक भिडियो पोस्ट गरेका छन्, जसमा पुलिस अधिकारीहरू अल जजीरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ।

आइतबार इजरायलको मन्त्रिपरिषद् बैठकले अल जजीरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

अल जजीरा टिभी नेटवर्कले इजरायली सरकारको ‘राष्ट्रिय सुरक्षा’ खतराको दाबीलाई ‘झूटो’ भनेको छ। अल जजिरा टिभी नेटवर्कको टोलीले पनि कानुनी जवाफको तयारी गरिरहेको छ।

इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन्। इजरायलको नागरिक अधिकारको संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved