श्रीकान्तिभैरव जात्रा : जहाँ भगवान पनि आमाको मुख हेर्न आउँछन् (तस्वीरहरू)

श्रीकान्तिभैरव जात्रा : जहाँ भगवान पनि आमाको मुख हेर्न आउँछन् (तस्वीरहरू)

काठमाडौं। काठमाडौंको काँठ क्षेत्रमा रहेको तत्कालीन गोकर्ण गाउँमा चल्ने जात्राको आफ्नै अस्तित्व र महत्व छ। काँठ क्षेत्रको पुरानो नेवार बस्ती गोकर्ण (हालको गोकर्णेश्वर ४) मा हरेक वर्ष आमाको मुख हेर्ने दिन मनाइने जात्राको आफ्नै मौलिकता एवं धार्मिक इतिहास छ।

लिच्छवी राजा अंशुवर्माको दरबार रहेको मानिने गोकर्णको पुरानो बस्ती ‘देशे’ डुकुलाछीस्थित भगवान भैरव, उत्तरबाहिनीमा रहेकी आफ्नी आमा कान्ति भैरवीको मुख हेर्न सगुनसहित खानेकुरा लिएर जाँदादेखि सुरु हुने जात्रा अक्षय तृतीयको दिन समाप्त हुन्छ।

अगाडि सगुन, भाते द्व (भातको भगवान) र बाजागाजासहित भगवान भैरव, आफ्नी आमाको मुख हेर्न जाने परम्परालाई परापूर्व कालदेखि यो जात्राले समेट्दै आएको छ।

यसरी आमाको मुख हेर्न आएका भैरवलाई गाउँको सबै टोल घुमाई साँझ आफ्नै मन्दिर भएको स्थानमा लगिन्छ र त्यो दिनको जात्रा सकिन्छ।

यसैगरी, निरन्तर भैरवको खट गाउँ टोल घुमाएपछि अक्षत तृतीयको दिन भैरवलाई आफ्नै मन्दिरमा राखेपछि जात्रा विधिवत रूपमा समापन हुन्छ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved