बेल्जियममा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु

नेपालभ्युज

बेल्जियममा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु

काठमाडौं । बेल्जियममा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।

मोल सहरबाट आन्त्वर्पेन भन्ने स्थानमा जाने क्रममा दुर्घटनामा परी पर्वतको जलजला घर भएका वीर फगामी मगरको मृत्यु भएको हो ।

गत बिहीबार दिउँसो १ बजेतिर मगरले चलाइरहेको भ्यानलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा उनको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

मगर जापानी खानाको व्यवसाय गर्दै आएका थिए । आफ्ना रेस्टुराँहरूमा काम गर्ने कर्मचारी लिन भ्यान लिएर आन्त्वर्पेन जाँदै गर्दा दुर्घटना भएको हो ।

मगरको श्रीमती, एक छोरी र दुई छोरा छन्। घटनाबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved