चितवनकी लामिछाने एक हप्तादेखि बेपत्ता

नेपालभ्युज

चितवनकी लामिछाने एक हप्तादेखि बेपत्ता

काठमाडौं । कलंकीबाट एक विद्यार्थी एक हप्तादेखि बेपत्ता भएकी छन् ।

चितवन कालिका नगरपालिका-६ टाँडी घर भइ कलंकीमा बस्ने २२ वर्षीया स्नेहा लामिछाने बेपत्ता भएकी हुन् ।

उनी सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययनरत थिइन् । बैशाख १९ गते एक्लै घरबाट निस्किएको उनी त्यसपछि परिवारको सम्पर्कभन्दा बाहिर छिन् ।

परिवारले खोजी गरिदिन निवेदन दिएपछि खोजतलास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उपत्यकाका विभिन्न नाकाको सीसी क्यामराको सहयोगमा खोजी भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved