सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम साढे २ अर्ब 

नेपालभ्युज

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम साढे २ अर्ब 

काठमाडौं । साताको कारोबारको चौथौं दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर १९६० दशमलव ६० को विन्दुमा पुगेको छ ।

बुधबार ३०५ कम्पनीका ४१ हजार १ सय ३७ पटकको कारोबारमा ५८ लाख ७४ हजार ९ सय ६७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८ सय २५ रुपैयाँ रहेको छ ।

बुधबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज १३ उपसमूहमध्ये ४ वटा समूह बढेको छ भने ८ समूह घटेको छ । बढ्नेमा फाइनान्स, हाइड्रो, लघुवित्त र ट्रेडिङ बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved