त्रिभुवन विमानस्थलमा भल पस्यो, यात्रुलाई सास्ती

नेपालभ्युज

त्रिभुवन विमानस्थलमा भल पस्यो, यात्रुलाई सास्ती

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भल पसेको छ । बुधबार दिउँसो आन्तरिक टर्मिनलको यात्रु प्रस्थान गर्ने प्रवेशद्वारमा भल पसेको हो ।

दुई भवनको बीचमा पानी निकासका लागि बनाइएको ढल थुनिदाँ विमानस्थलभित्र भल पसेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

भल पसेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भल पस्दा केहिबेर कामकाज रोकिएको थियो । जसले गर्दा यात्रुले सास्ती खेपेका छन् ।

अहिले सरसफाई कर्मचारीहरूले सफा गरिसकेको प्रवक्ता झाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved