अमेरिकाले छिट्टै युक्रेनमा प्याट्रियट मिसाइल पठाउने

नेपालभ्युज

अमेरिकाले छिट्टै युक्रेनमा प्याट्रियट मिसाइल पठाउने

काठमाडौं । अमेरिकाले छिट्टै युक्रेनमा प्याट्रियट एयर डिफेन्स मिसाइल पठाउने भएको छ ।

हालै अमेरिकाले युक्रेनलाई ६ अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको थियो ।

यी मिसाइलहरू यो सैन्य सहायता प्याकेज अन्तर्गत युक्रेनमा पठाइनेछ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बढ्दो रूसी हवाई हमलाको प्रतिरोध गर्न तुरून्तै आवश्यक रहेको बताएका छन् ।

शनिबार युक्रेनले रूसले आफूमाथि ठूलो हवाई हमला गरेको जानकारी दिएको थियो ।

खार्किभका अधिकारीहरूले आक्रमणमा एउटा अस्पतालमा क्षति पुगेको बताएका छन्।

युक्रेनका उर्जा मन्त्रीका अनुसार रूसले तीन पावर प्लान्टमा आक्रमण गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved