काठमाडौंमा ‘रित्तो गाउँ’को विशेष प्रदर्शन

नेपालभ्युज

काठमाडौंमा ‘रित्तो गाउँ’को विशेष प्रदर्शन

काठमाडौं । डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय विभागका प्रा.डा. उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्मको कमलपोखरीस्थित बिग मुभिजमा शुक्रबार पहिलो प्रदर्शन गरिएको हो ।

रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौंको आयोजनामा गरिएको यस विशेष प्रदर्शनसँगै ‘रित्तो गाउँ’ टिमले संसारभर आफ्नो विशेष प्रदर्शनको सुरूवात गरेको जनाएको छ ।

आधा दर्जन बढी सर्ट फिल्म र केहि म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यस फिल्मले युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गरेको छ ।

‘रित्तो गाउँमा’ बरिष्ठ कलाकारहरू हिउँवाला गौतम, सुवास गजुरेल तथा अहिलेका लोकप्रिय अभिनेता मुकुन भुसाल र नव अभिनेत्री सविना राउतको अभिनय देख्न सकिन्छ ।

अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्म २ भागमा छुट्टाइएको छ ।

पहिलो भाग अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गरिएको छ ।

दोस्रो भागमा भने पहिलो भागबाट लिइएका विभिन्न कथामा काल्पनिक सर्ट फिल्म तयार पारिएको छ ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् ।

फिल्मका कार्यकारी निर्माता कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved