चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक (भिडियो)

नेपालभ्युज

चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं ।  नेपाली चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सबै कलाकारहरुले मेहनत गर्नुपर्ने बताउए । पात्रमा मेहनत गरेमात्रै भिज्न सकिने भएकाले सबैले मेहनत गर्न आवश्यक रहेको र मेहनत गर्नेको भविष्य नै उज्ज्वल रहेको उनले बताए ।

अभिनेता प्रदीप खड्काले आगोको धर्म तातो दिने, पानीको धर्म प्यास मेटाउने भनेजस्तै मानवको धर्म मानवता भएको बताए । उनले जात भनेको पनि काम विभाजनका लागि भएको हुनसक्ने र कालान्तरमा पनि उच निचको रुपमा विभाजित भएको बताए ।

चलचित्रमा जातीय विभेदको मुद्दालाई उठाइएको छ । फिल्मको कथा अन्तरजातीय सम्बन्धको जटिलता वरपर घुमेको ट्रेलरबाट स्पष्ट हुन्छ । कास्कीकोट गाउँमा खिचिएको यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।

दिनेश राउतको निर्देशनमा तयार पुजार सार्कीमा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारहरूको अभिनय छ । चलचित्र जेठ १० गतेबाट प्रदर्शन हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved