चलचित्र ‘लेबर’ को टिजर सार्वजनिक (भिडियो)

नेपालभ्युज

चलचित्र ‘लेबर’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र ‘लेबर’को टिजर सार्वजनिक भएको छ । बुधवार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

जीविकोपार्जनका निम्ति देश छोडेर श्रम गर्न विदेशिन बाध्य नेपालीहरुको कथामा चलचित्र तयार हुने बताइएको छ ।

बुधवार चलचित्रको औपचारिक घोषणा समेत गरिएको थियो । चलचित्रका निर्देशक पूणेन्द्र के झा हुन् । चलचित्र मैथिली भाषामा बन्नेछ भने नेपाली र भोजपुरी भाषामा स्वराङ्कन हुनेछ ।

चलचित्रमा कलाकार उत्पल झा, रामभजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा प्रवेश मल्लिकको सङ्गीत तथा पाश्र्वसङ्गीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता रहेको फिल्मलाई निर्देशक झाले नरेश मिश्रासँगको सहकार्यमा लेखेका हुन्  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved