हरिवंशको ‘हाम्म हाम्म’ सार्वजनिक, भ्रष्टाचारमाथि कटाक्ष (भिडियो)

नेपालभ्युज

हरिवंशको ‘हाम्म हाम्म’ सार्वजनिक, भ्रष्टाचारमाथि कटाक्ष (भिडियो)

काठमाडौं । कलाकार हरिवंश आचार्यको श‍ब्द र स्वरमा ‘हाम्म हाम्म’ गीत सार्वजनिक भएको छ । गीतलाई ‘आरटी इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

राजनराज सिवाकोटीको संगीत र श्यामश्वेत रसाइलीले एरेन्ज गरेका उक्त गीतले देशमा व्याप्त भ्रष्टाचार प्रवृत्तिमाथि कटाक्ष गरेको छ ।

भिडियोमा हरिवंश आचार्य (Haribamsha acharya), हेमन्त बुढाथोकी, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियंका कार्की, कमलमणि नेपाल, प्रभात रिमाल, सरोज ओली, सुरज सञ्जेल लगायतको अभिनय छ ।

भिडियोमा गम्भीर बिष्टको कथा तथा निर्देशन, नवराज उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन र रेनिश फागोको कलर संयोजन रहेको  छ ।

हेर्नुहोस् भिडियो 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved