गर्मीमा नाकबाट रगत आउँछ ? गर्नुहोस् यो काम

नेपालभ्युज

गर्मीमा नाकबाट रगत आउँछ ? गर्नुहोस् यो काम

एजेन्सी । गर्मी मौसममा कुनै पनि बेला नाकबाट रगत आउने समस्या छ भने केही घरेलु उपाय अपनाउन सकिन्छ । जसले गर्दा नाकबाट रगत बग्न रोकिनेछ ।

यदि तपाईं पल्टिरहनुभएको छ र रगत आयो भने टाउको उठाएर सिधा बस्नुहोस् । यसो गर्नाले केही समयमा रगत बग्न रोकिनेछ ।

नाकलाई सुख्खा हुनबाट रोक्नका लागि स्लाइन ड्रपको प्रयोग गर्न पनि सकिन्छ । यसले नाकलाई सुख्खा हुनबाट रोक्छ र रगत आउने समस्या हुँदैन ।

तपाईंको घरको सुख्खा वातावरणले पनि नाकबाट रगत आउने समस्या हुन सक्छ । यसका लागि तपाईं ह्यूमिडिफायरको प्रयोग गर्न सक्नुहुन्छ । विशेषगरी सुतेको अवस्थामा यसको प्रयोग गर्न सकिन्छ ।

नाकबाट रगत बगिरहेको बेला आत्तिने तथा यताउता गर्नु हुँदैन । नाकबाट रगत आइरहेको बेला एउटा स्थानमा शान्त बस्ने र नाकलाई औंलाले च्यापेर राख्न सकिन्छ ।

नाकबाट रगत आउन बन्द भएपछि पुनः नाकमा औंला राख्ने, कोट्याउने वा जोडले सीँ गरेर सफा गर्ने गर्नु हुँदैन । यसो गरेमा पुनः रगत बग्न शुरु हुनेछ ।

नाकको सुख्खापन हटाउनका लागि नाकमा पेट्रोलियम जेलीको प्रयोग पनि गर्न सकिन्छ । यसले सुख्खा भएर रगत आउने समस्यालाई रोक्न सहयोग गर्छ ।

लामो समय रगत बगिरहने समस्या भयो वा धेरैपटक यस्तो समस्या देखिइरहेको अवस्थामा डाक्टरसँग अवश्य सल्लाह लिनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved