चर्चामा बाल्यकालकी केकी : ‘बोक्सीको घर’मा सबैलाई रुवाउने अभिनय गरेकी को हुन् शुपला ? (भिडिओ)

उनी धापासी बस्छिन् । स्कुल जाँदा आउँदा बाटोमा फ्यानहरू भेटिन्छन् । टाढैबाट मानिसहरू कुरा गर्छन्, ‘उ बोक्सीको घरको जुनू ।’ अनि नजिकै आएर सेल्फी खिच्छन् । भन्छन्, ‘आहा कति राम्रो अभिनय गरेछौ नानू ।’

नेपालभ्युज

चर्चामा बाल्यकालकी केकी : ‘बोक्सीको घर’मा सबैलाई रुवाउने अभिनय गरेकी को हुन् शुपला ? (भिडिओ)

काठमाडौं । ठिक ३० वर्षअघिको कुरा हो । जुनू सानी थिइन् । जुनुलाई ठूलो भएर, धेरै पढेर पत्रकार बन्न मन थियो । त्यसपछि गाउँ आएर कथाहरू लेख्न मन छ । तर, पढ्ने लेख्ने र खेल्ने उमेरमा परिवारले उनलाई बिहे गरिदिए । पराई घर पठाइयो ।

भोलिपल्ट ऊनी रगतपच्छे भएर माइत फर्किइन् । उनको मनमा प्रश्न उठेको छ, ‘मलाई किन उसले माया नै गर्दैन ?’ उनकी आमा भन्छिन्, ‘अब तँलाई उसले सधैँ त्यसै गरी माया गर्छ ।’ फेरि जुनुको प्रश्न हुन्छ, ‘बाबाले पनि तपाईँलाई त्यसै गरी माया गर्नुहुन्छ ?’

आमाले जुनुलाई अँगालेमा बाँध्छिन्, जवाफ दिन सक्दिनन् । त्यसपछि जुनु माइतमै बसेर पुनः पढ्न थालिन् । यसरी कथा अघि बढेको छ, फिल्म ‘बोक्सीको घर’ ।

देशभरका हलहरूमा ‘बोक्सीको घर’ प्रदर्शनरत छ । केकी अधिकारीको मुख्य भूमिका रहेको यस फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । फिल्ममा केकीको नाम जुनू छ ।

उनी सानो हुँदाको भूमिका निर्वाह गर्ने कलाकार हुन् शुपला सापकोटा । केकीको अनुहार र शुपलाको अनुहार अलिअलि मिल्न पनि जान्छ । यसैले शुपलाले केकीको बाल्यकाल प्रतिविम्बित गरेकी छिन् ।

फिल्मले व्यापक सफलता हासिल गर्दै धेरै राम्रोसँग चलिरहँदा उनै बाल्यकालकी केकी शुपलाले धेरै फ्यान बटुपलरहेकी छिन् । फिल्म हेर्ने अधिकांशको मनमा शुपला बसेकी छिन् । यो फिल्म शुपलाको पहिलो फिल्म हो ।

तर, अभिनयमा खारिएका कलाकारको जस्तो प्रस्तुति उनको छ । यो फिल्म हेर्दैगर्दा सानी जुनूको सपना, पढाइमा भइरहेको प्रगति बालविवाह, त्यसले दिएको शारीरिक पीडा, मुर्झाएका सपना, अपुरा इच्छा चाहनालगायत हरेक कुराले दर्शकलाई भावुक बनाउँछु ।

फिल्म हेरेर निस्किएपछि पनि धेरै दर्शको आँखामा उनको अनुहार घुमिरहन सक्छ, कानमा उनको आवाज गुन्जिरहन सक्छ । यसैले फिल्मले बक्स अफिसमा धमाका मच्चाइरहँदा आर्थिक हिसाबले निर्माता केकी अधिकारीलाई जति फाइदा छ करियरका हिसाबले शुपलालाई त्योभन्दा बढी फाइदा छ ।

को हुन् शुपला ? किन उनी नै छानिइन् ?

‘बोक्सीको घर’मा शुपला नै किन छानिइन् होला ? यो प्रश्न कतिपयलाई लागनसक्छ । उनी कलाकार भोलाराज सापकोटाकी छोरी हुन् । फिल्म खेल्दा ९ वर्षकी उनी अहिले १२ वर्षकी भइन् । बुबाको नाटक तथा फिल्म हेरेर नै उनले आफ्नो नाटक तथा अभिनय क्षमता विकास गरेकी हुन् ।

दर्जनौँ नाटक र फिल्ममा भोलाले अभिनय गरिसकेका छन् । उनले २ दशक बढी कलाकारिता क्षेत्रमा काम गरिसकेकी छिन् । पनि बलिउड फिल्म बर्फीमा खेलेका छन् । उनको संघर्षले पनि छोरीलाई फिल्ममा वजनदार परिचय बनाउन सहयोग गरेको छ ।

भोलाराजले छोरीलाई नाटक हेर्न थिएटर लैजान्थे, फिल्म–सुटिङमा पनि लिएर गइरहन्थे । शुपलाले फिल्म अघि एउटा म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

शुपलाबाट जुन

दुई दिनअघि मात्रै शुपलाले भरतपुरमा १३ औँ वर्ष प्रवेशको बर्थ–डे मनाइन् । मानिसका शुभकामनाले हर्षित उनको हिजो–अस्ति र ‘बोक्सीको घर’ रिलिज पछिका दिन पूरै फेरिएका छन् ।

फिल्म रिलिज हुनुअघि उनी स्कुल जान्थिन्, घर फर्किन्थिन् । तर अहिले फिल्म चलेपछि बाहिर पनि व्यस्त छिन् । टेलिभिजनमा अन्तर्वार्ता दिन भ्याइनभ्याई छ ।

उनी धापासी बस्छिन् । स्कुल जाँदा आउँदा बाटोमा फ्यानहरू भेटिन्छन् । टाढैबाट मानिसहरू कुरा गर्छन्, ‘उ बोक्सीको घरको जुनु ।’ अनि नजिकै आएर सेल्फी खिच्छन् । भन्छन्, ‘आहा कति राम्रो अभिनय गरेछौ नानु ।’

शुपला जेबी स्कुल, बुढानीलकण्ठमा कक्षा ८ मा पढ्छिन् । उनका स्कुलमा सबै विद्यार्थी र सरले फिल्म हेरे । फिल्म हेरेर रोए साथीहरू । फिल्म हेरेपछि उनका साथी तथा शिक्षकहरू अहिले ‘जुनु’ भनेर सम्बोधन गर्छन् । धेरैले उनको अभिनयको प्रशंसा गरिरहेका छन् । यसरी अचानक मानिसहरूले आफूलाई प्रशंसा गरिरहँदा शुपलामा अभिनयप्रतिको आत्मविश्वास अझ बढेको छ ।

अभिनय गर्न मन पर्ने शुपलालाई गीत गाउन रुचि छ । डान्समा पनि उत्तिकै सोख । स्कुलको डान्स कम्पिटिसनमा बरोबर भाग लिइरहने उनी घरमा पनि अनेक हाउभाउसहित संवाद बोलिरहन्छिन् । किनकि उनलाई भविष्यमा बाबु जस्तै नाम चलेको नामी कलाकार बन्नु छ ।उनी भन्छिन्, ‘अझ राम्रो र सफल कलाकार बन्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved