‘पुजार सार्की’को ट्रेलरमा यस्तो छ जातीय विभेदको कथा

नेपालभ्युज

‘पुजार सार्की’को ट्रेलरमा यस्तो छ जातीय विभेदको कथा

काठमाडौं । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’को ट्रेलरमा जातीय विभेदको कथा देखाइएको छ । ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक असर देखाउन खोजिएको छ ।

फिल्ममा कलाकार प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य छन् ।
विकास सुवेदीले लेखेको फिल्मलाई निर्देशन दिनेश राउतले गरेका हुन् ।

सुवास भुसालले निर्माण गरेको फिल्म नेपालमा आरआर फिल्मस र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved