फेरि डिपफेकको शिकार बनिन् आलिया भट्ट

नेपालभ्युज

फेरि डिपफेकको शिकार बनिन् आलिया भट्ट

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टको डिपफेक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडिओमा एआई प्रयोग गरेर अभिनेत्री वामिका गब्बीको भिडिओमा आलियाको अनुहार फिट गरिएको छ ।

वामिकाले केहीदिन अघि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा यो भिडियो सेयर गरेकी थिइन् । यो भिडिओमा उनी रातो साडी लगाएकी देखिएकी छिन् ।

वास्तवमा यो लुकमा उनी सञ्जय लीला भन्सालीको फिल्म ‘हिरामाण्डी’ को स्क्रिनिङमा पुगेकी थिइन् ।

कसैले यो भिडिओसँग छेडछाड गरेर यसमा आलियाको अनुहार लगाएर भाइरल बनाएको छ । अब आलियाको नक्कली भिडिओ बाहिर आएसँगै एआई प्रविधिको फेरि आलोचना भइरहेको छ ।

यसअघि पनि आलियाको एउटा डिपफेक भिडिओ सार्वजनिक भएको थियो । उक्त डीपफेक भिडिओमा सेतो र नीलो फ्लोरल ड्रेस लगाएकी एउटी युवती बोल्ड पोज दिएको देखिएकी थिइन् ।

भिडिओमा एआई टुलको सहयोगमा आलियाको अनुहार यति स्पष्ट प्रयोग गरिएको छ कि एक नजरमा केटी आलिया जस्तै देखिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved