सीआईबीको ‘निगरानी’मा रहेका पूर्वउपराष्ट्रपति पुत्र दीपेश फेरि पक्राउ

नेपालभ्युज

सीआईबीको ‘निगरानी’मा रहेका पूर्वउपराष्ट्रपति पुत्र दीपेश फेरि पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निगरानीमा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुन फेरि पक्राउ परेका छन् ।

पुनलाई  सीआईबीको पत्रको आधारमा रुपन्देही प्रहरीले शुक्रबार फेरि पक्राउ गरेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुष्टि गरे ।

सुन तस्करी प्रकरणमा समेत पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । उनलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेर शुक्रबार धरौटीमा रिहा भए पनि अर्को मुद्दाको लागि प्रहरीले निगरानी गरिरहेको थियो  ।

पुन आजै रुपन्देही अदालतले मागेको ४ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved