सामुदायिक वनभित्र नग्न अवस्थामा शव फेला

नेपालभ्युज

सामुदायिक वनभित्र नग्न अवस्थामा शव फेला
सांकेतिक तस्विर

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनभित्र मंगलबार अन्दाजी ३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार नग्न अवस्थामा शव फेला परेको हो । “शवको पहिचान हुन सकेको छैन”, उनले भने, “शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएका छौँ ।”

शव १५/२० दिन अघिको हुनसक्ने अनुमान गरिएको छ । नगरपालिका–७ का वडा अध्यक्ष प्रतापसिंह धामीले शव पहिचानका लागि आवश्यक कुनै सबुत प्रमाण घटनास्थलमा नभेटिएको बताए । प्रहरीले उक्त बेवारिसे शवबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved