पहाडी भेगमा मेघगर्जनसहितको वर्षा, अधिकांश क्षेत्रमा आंशिक बदली

नेपालभ्युज

पहाडी भेगमा मेघगर्जनसहितको वर्षा, अधिकांश क्षेत्रमा आंशिक बदली

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

जसका कारण देशभर आंशिक देखि साधारणतया बदली रही मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशको पहाडी भु–भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै तराईका एक–दूई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २४ दशमलव ६ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

गएको २४ घण्टामा काठमाडौंमा २ मिलिमिटर वर्षा भएको छ । सबै भन्दा धेरै लुम्लेमा ६३ दशमलव ७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved