फुपुको छोरीको हत्या गरी फरार समरबहादुर ९ वर्षपछि पक्राउ

नेपालभ्युज

फुपुको छोरीको हत्या गरी फरार समरबहादुर ९ वर्षपछि पक्राउ

काठमाडौं । फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ९ वर्षअघि फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त समरबहादुर सार्कीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

अभियुक्तलाई काठमाडौंस्थित चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको हो ।

अभियुक्त सार्कीले मिति २०७१ साल असोज ३१ गते फुपुको छोरीको हत्या गरी फरार भएका थिए ।

फुपुको छोरी २३ वर्षीया सुनमाया किसान(सार्की)को हत्या गरी शौचालयमा फालिएको अवस्थामा कार्तिक १ गते शव फेला परेको थियो ।

प्रहरीका अनुसार म्याग्दी जिल्ला तत्कालिन कुहु गा.वि.स. वडा नं. ५ स्थायी घर भएकी सुनमाया किसान काठमाडौं जिल्ला तत्कालित सेतीदेवी गा.वि.स. वडा नं. तौथलीमा आफ्नो मामा गंगाबहादुर सार्कीसँग कुष्ठरोग आरोग्य आश्रममा बस्ने गरेकी थिइन् ।

कीर्तिपुर कृषि कार्यालयमा जेटिएको रूपमा कार्यरत रहेकी उनको कोठामा मामाका छोरा समरबहादुर सार्की २०७१ साल असोज ३१ गते बुबा भेट्न आएका थिए ।

सोही राती खाना खाएर सुत्ने तरखरमा रहँदा सुनमायाले फोनमा ठूलो आवाजमा कुरा गरेपछि भएको विवादका क्रममा उनको हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक सुरक्षा केसीले जानकारी दिए ।

अभियुक्त हत्या गरेर भोलिपल्टै भारततर्फ प्रवेश गरेका थिए ।

पक्राउ परेका उनलाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved