क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज, दुवै मुद्दामा एकसाथ सुनुवाई हुने

नेपालभ्युज

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज, दुवै मुद्दामा एकसाथ सुनुवाई हुने

काठमाडौं । बलात्कार अभियोगमा दोषी प्रमाणित भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजलाई तोकिएको छ ।

गत सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै ८ वर्ष कैद र तीन लाख जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले फागुन १० गते पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले गौशाला २६  लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।

उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनी १२ वर्षभन्दा बढी जेल जानेछन् ।

उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोग मुक्त हुनेछन् । तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्षमा पहिले बसेको पुर्पक्षको समय कटाएर पूरा समय जेल बस्नुपर्नेछ ।

जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गरेपनि थुनामा बसेरै मुद्दा लड्नु पर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved