अवैध रूपमा अमेरिका जान लागेका १० नेपाली केन्यामा बन्धक, गिरोहका तीन सदस्य पक्राउ

गिरोहले अझै पनि १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्‍याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको प्रहरीले बताएको छ ।

नेपालभ्युज

अवैध रूपमा अमेरिका जान लागेका १० नेपाली केन्यामा बन्धक, गिरोहका तीन सदस्य पक्राउ
प्रतिकात्मक स्केच

काठमाडौं । अवैध बाटोबाट अमेरिका हिँडेका १० जना नेपालीलाई केन्यामा ९ महिनासम्म बन्धक बनाएर राखिएको खुलासा भएको छ । बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरूको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईका अनुसार गिरोहले उनीहरूबाट ५ करोड ५० लाख रुपैयाँ ठगेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली– १ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका– १ की १९ वर्षीया नीमा शेर्पा छन् ।

शाहरूखको फिल्म ‘डंकी’कै शैलीमा मानव तस्करी, भारतीय गिरोहको ट्रान्जिट काठमाडौं

‘‘पीडितबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्‍याएका रहेछन् । त्यहाँ बन्धक बनाइएको रहेछ ।

प्रहरीले पक्राउ गर्ने थाहा भएपछि गिरोहले बन्धक बनाएका नेपालीलाई पासपोर्ट फिर्ता गरेर नेपाल पठाएको देखिएको बताइएको छ ।  पीडितहरू नेपालबाट पैसा मगाएर स्वदेश फर्किएका हुन् ।

गिरोहले अझै पनि १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्‍याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको प्रहरीले बताएको छ ।

 

यो पनि पढ्नुहोस्-

दिल्लीको ‘आधुनिक कोठी’मा सयौं नेपाली युवती, अनलाईनबाटै चलाइन्छ यौनधन्दा (भिडिओ)

दुबईमा बसेर नेपालमा मानव तस्करी, यता देखाउन ‘भिजिट भिसा’, उता पुगेपछि ‘वर्किङ भिसा’

दुबईमा बेचिएर फर्किएकी रितुको दर्दनाक कथा, भन्छिन्– त्यो नर्क त शत्रुले पनि देख्न नपरोस् (भिडिओ)

दिल्लीको जीबीरोड : जहाँ सयौँ नेपाली महिलाले बिताउँदै छन् नारकीय जीवन (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved