काभ्रेमा रुखमा तारले बाँधेर जलाएको अवस्थामा मृत भेटिए युवक

नेपालभ्युज

काभ्रेमा रुखमा तारले बाँधेर जलाएको अवस्थामा मृत भेटिए युवक

काठमाडौं । काभ्रेमा रूखमा बाँधेर जलाएको अवस्थामा एक युवक मृत भेटिएका छन् ।

पाँचखाल नगरपालिका-४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चामा युवक मृत अवस्थामा भेटिएका हुन् ।

युवकको मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

करिब २५ वर्षीय मृतक युवकको पहिचान भने खुल्न सकेको छैन। युवकको २०/२५ दिनअघि नै हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

अहिले कुकुरसहितको टोली गएर अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved