दरबारमार्गबाट ९८ लाख नगदसहित दुईजना पक्राउ

नेपालभ्युज

दरबारमार्गबाट ९८ लाख नगदसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड नगद रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा उनीहरुलाई जयनेपाल सिनेमा हल नजिकैबाट पक्राउ गरिएको हो ।

गाडीमा नगद लिएर हिडिरहेको अवस्थामा ९८ लाख रुपैयाँसहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु हुण्डी कारोबारी हुन् । पक्राउ परेका दुवैलाई दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

बुटवल घर भएका उनिहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक आशंका छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved