आलेख

अर्थ न बर्थ बरु व्यर्थको समाजवादी मोर्चा

जनताको आशा र अपेक्षा एकातिर छ, अर्कोतिर फर्केको गठजोड केको मोर्चा ? युवा पुस्ताका आकांक्षा र सपना एक प्रकारका छन्, त्यसमाथि तातो पानी खन्याउन बनेको गठजोड केको ‘समाजवादी मोर्चा’ ? भाग्न लागेका कार्यकर्तालाई भ्रममा राखेर आफ्नो राजनीतिक अस्तित्व जोगाउन गरिएको प्रपञ्च केको ‘समाजवादी मोर्चा’ ? खासमा योसँग त्यस्तो कुनै चरित्र, गुण र योग्यता छैन, जसको करणले यसलाई ‘समाजवादी मोर्चा’ भन्न मिलोस् ।

अर्थ न बर्थ बरु व्यर्थको समाजवादी मोर्चा

दुर्भाग्यको दुश्चक्रले गर्दा होला, देशको राजनीतिक संस्कार, प्रचलन र परिदृष्य नै यस्तै छ । यहाँ हुनुपर्ने कुरा कमै हुन्छन, नहुनुपर्ने कुरा धेरै हुन्छन् । नाटक, नौटंकी, चटक, चुटकिलाको बजार ठूलो छ । विजातीय र जन्मदै असफलताको भ्रूण बोकेका प्रयास बारम्बार गरिन्छन् । हुनुपर्ने, गम्भीर, संवेदनशील र सजातीय प्रयत्न हुँदै हुँदैनन् भए पनि एकदमै थोरै हुन्छन्।

फलतः परिणाम आउँदैन । समय मात्र खेर जान्छ । मान्छेले दु:ख पाउँछन् । सुखको कल्पना मृगतृष्णा बन्छ । दुईचार दिन हाहाहोहो हुन्छ । यही नै रमाइलो र खुसी हो कि जस्तो भान पर्दछ । समय बित्दै जाँदा फेरि उही हो । उस्तै, छलछाम र षड्यन्त्र । उस्तै ठेलमठेल, खेलमखेल, चालबाजी र धोकाबाजी । फेरि उही रित्तो हात, निराशा र आक्रोश ।

२०७४ को चुनावअघि ठीक यस्तै नाटक, यस्तै नौटंकी भएको थियो–कम्युनिस्ट एकता र वामगठबन्धन नामको । खुसीले मान्छे उचालिएका थिए । कोही-कोही त यति धेरै उत्साहित थिए कि, अब देश ‘५० वर्ष कम्युनिस्टले खान्छन्’ भन्न भ्याइसकेका थिए । कतिपयलाई त रुस, चीन र क्युवाको जस्तो ‘कम्युनिस्ट क्रान्ति’ भइहालेजस्तो, साम्यवाद आइहालेजस्तो लागेको थियो । कसैले थोरै मात्र आलोचनात्मक कुरा गर्‍यो भने मान्छे सुन्नै नसक्ने, मुठ्ठी बटारेर आइलाग्ने स्थिति उत्पन्न भएको थियो ।

यथार्थमा त्यो प्रयत्न भित्रभित्रै यति खोक्रो थियो कि त्यसले कुनै परिणाम नदिनु स्वाभाविक थियो। त्यो कुनै देश र जनताको हित सोचेर गरिएको कर्म, चालिएको कदम नै थिएन । त्यो त चुनावी समीकरण र संसदीय गणितको आधारमा तयार पारिएको एक ‘छल’ योजना थियो । बुझ्नेले अगाडि नै बुझेका थिए, त्यो ‘घिउ बेचुवा र तलबार बेचुवा’ बीचको व्यापार थियो । जब त्यो व्यापारले नाफा दिएन, ओली–प्रचण्डबीचको घरबार पनि चलेन । जब ओली–प्रचण्डबीच नेतृत्व मोह, निजी अहंकार र सत्तास्वार्थ टकरायो, हावा भयो कम्युनिस्ट एकता, भाँडमा गयो वाम गठबन्धन।

खासमा यो कुनै ‘समाजवादी मोर्चा’ पनि हैन । यसको नाम ‘मिनी कम्युनिस्ट एकता’, ‘मिनी वाम गठबन्धन’ राखेको भए उचित हुन्थ्यो । यसभित्र तीन वटा कम्युनिस्ट समूह छन । प्रचण्ड, माधव–झलनाथ र विप्लव समूह । अर्को जसपा छ– कम्युनिस्ट छोडी सकेको भनिएको जसपा फेरि कम्युनिस्ट हुनतिर लागेको हो कि कम्युनिस्टलाई छोडाउनतिर लागेको हो ? थाहा छैन ।

आज एउटा अर्को ठीक त्यस्तै, तर त्योभन्दा सानो आकार र महत्त्वको नाटक मञ्चन भइरहेको छ, देशको राजनीतिमा, नाटकको नाम छ ‘समाजवादी मोर्चा’ । केही मान्छे उसरी नै उचालिएका छन्, ताली पिट्दैछन, खुसी हुँदैछन् । तर, बुझ्नेले बुझेका छन् कि यो झन् खोक्रो छ । हिजोको कम्युनिस्ट एकता, वामगठबन्धनभन्दा झन् छिटो हावामा उड्छ, झन चाँडो भाँडमा जान्छ ।

खासमा यो कुनै ‘समाजवादी मोर्चा’ पनि हैन । यसको नाम ‘मिनी कम्युनिस्ट एकता’, ‘मिनी वाम गठबन्धन’ राखेको भए उचित हुन्थ्यो । यसभित्र तीन वटा कम्युनिस्ट समूह छन । प्रचण्ड, माधव–झलनाथ र विप्लव समूह । अर्को जसपा छ– कम्युनिस्ट छोडी सकेको भनिएको जसपा फेरि कम्युनिस्ट हुनतिर लागेको हो कि कम्युनिस्टलाई छोडाउनतिर लागेको हो ? थाहा छैन ।

यी ४ समूहको चरित्र, सोच, नेतृत्व मनोविज्ञान र स्कुलिङबीच भारी भिन्नता छ । प्रचण्ड नेतृत्वको ‘माओवाद’ सर्वोच्च अदालतले फर्काइदिएको हो । माओवाद उनी आफैँलाई घाँडो भएको छ । तर, इतिहासको विरासतले उनी यसरी लखेटिएका छन् कि सगौरव सांगे वा विर्सजन गर्न पनि सक्दैनन् । प्रचण्डको एउटै अभिष्ट छ– जसरी हुन्छ शक्ति र सत्ताको केन्द्रमा बस्ने । त्यसका लागि उनी माओवाद छोड्न वा पकड्न, बालकोट वा बुढानीलकण्ठ धाउन, एमसीसीको विरोध वा समर्थन गर्न, सुरुङ युद्धको ध्वांस पिट्न वा लम्पसार पर्न, कम्युनिस्ट गठबन्धन र समाजवादी मोर्चा, जे का लागि पनि राजी छन् ।

यी सबै कुरा गर्न वा नगर्न जम्मा उनका दुईवटा सर्त छन्– एउटा सानोतिनो, ठिकै आकार-प्रकारको राजनीतिक समूहको अध्यक्ष हुनुपर्‍यो, अर्को संसदमा यात प्रधानमन्त्री वा सत्ता साझेदार दल हुनुपर्‍यो । जम्माजम्मी यति अभिष्ट हो उनको– यति दुई चीज कसैले सुनिश्चित गर्दियोस, प्रचण्डले जुनसकै बेला जतिसुकै क्रमभंग गर्न सक्दछन्, छलाङ मार्न सक्छन्, महाविपत्ति निम्त्याउन सक्दछन्।

माधव नेपाललाई यो स्तरमा गिर्न गाह्रो छ– कम्तीमा उनलाई थाहा छ कि, उनले जे-जेत्रो समूह अहिले एमालेबाट लिएर आएका छन, त्यसमा एउटा पनि नयाँ मान्छे थपिनेवाला छैन । भएका पनि फर्किने हुन् विस्तारै, जस्तो कि मुकुन्द न्यौपानेहरू फर्किसके । त्यति ठूलो पार्टीको मूल नेता भएर १५ वर्ष नेतृत्व गरेको मान्छे, पार्टी फुटाउँदा थ्रेसहोल्ड कटेन, राष्ट्रिय पार्टी पनि भएन । विरासत सबै एमालेतिरै रह्यो।

माधव–झलनाथको जम्माजम्मी गुनासो वा अड्चन केपी ओली हुन्। र ओली कुनै अजम्बरी पात्र हैनन् । माधव–झलनाथको आत्मा एमाले फर्किने दिनको कल्पनामा व्यग्र छ । प्रचण्डसँग उनीहरूको चौतारीको भेट हो । साँझ फर्किएर आफ्नै घर जाने हो।

प्रचण्डको नेतृत्वमा पार्टी विलय गराएर न उनका कार्यकर्ताको राजनीतिक करिअर बन्छ । न उनको विरासतको इतिहास लेखिन्छ, न उनको आत्माले शान्ति पाउँछ । माधव–झलनाथको जम्माजम्मी गुनासो वा अड्चन केपी ओली हुन्। र ओली कुनै अजम्बरी पात्र हैनन् । माधव–झलनाथको आत्मा एमाले फर्किने दिनको कल्पनामा व्यग्र छ । प्रचण्डसँग उनीहरूको चौतारीको भेट हो । साँझ फर्किएर आफ्नै घर जाने हो।

उपेन्द्र यादवले नेपालको व्यावहारिक राजनीति बुझ्न सायदै अब केही बाँकी छ । कुनै समय उनी सीमान्तकरणमा परेका ‘मधेसी बुद्धिजीवि’ थिए होला, त्यही इख, चेतना र विद्रोहले उनलाई ‘मधेसका मसिहा’ सम्म बनायो । ‘मधेस प्रदेश’ भइसक्यो । उनको आन्दोलनलाई देशको प्रणाली र संविधानले मान्यता दिइसक्यो । अब उनको भूमिका काठमाडौंको सत्तासँग मधेसका तर्फबाट शक्ति, पद र प्रतिष्ठाको साझेदारीमा सौदाबाजी गर्ने हो । त्यो कला उनले देखाए पनि । दुई-दुईवटा उपराष्ट्रपति बनाइसके आफ्नो सिफारिसमा । आफू बारम्बार उपप्रधानमन्त्री भइसके । दर्जन मान्छेलाई मन्त्री बनाइसके । तर, पूर्वमा जनमत र पश्चिममा नागरिक उन्मुक्ति पार्टीको उदयले उनको त्यो भूमिका खोसिने भय छ उनलाई । त्यो भय मुक्तिका लागि उनलाई पनि कुनै शक्तिको आड चाहिएको छ । शक्ति नभए पनि शक्तिको विम्ब, शक्तिको भ्रम सिर्जना गर्नु छ ।

विप्लवको कुरै गर्नुपरेन । उनी त ‘सी’ भइसकेका कमरेड । चाहे कम्युनिस्टको ‘सी’ होस् वा ‘ग्रेड सी’ अरुका लागि ‘सी’ को बर्को ओड्ने हो, आफ्ना लागि त्यो ‘चन्दको सी’ नै हो । यति अस्थीर, यति योजनाहीन, यति भ्रमित र यति पाखण्डी त सायद अघिल्लो पुस्ताका कमरेड मोहनविक्रम सिंह र कमरेड मोहन वैद्य पनि थिएनन् । कमरेड सीले ‘महापतनको महाचक्र’ पूरा गरेका छन् । करिब एक दर्जन निर्दोष नागरिकको ‘क्रन्तिकारी वध’ पश्चात् अधूरो ‘नयाँ जनवादी क्रान्ति’ र ‘एकीकृत जनक्रान्ति’ को सीमाबारे उनले दिव्यज्ञान, बुद्धत्व प्राप्त गरेका छन् ।

जनयुद्धमा भए यिनीहरूलाई ‘बाँच्न दिने थिइनँ’ भनेर आफ्ना आलोचकलाई ‘दाह्रा किट्नु’ उनको मूल विशेषज्ञता हो, सबैभन्दा ठूलो योग्यता हो । प्रचण्डलाई आफ्नै पार्टीभित्रका केहीलाई यसरी नै दाह्रा किटेर तह लगाउन सक्ने नयाँ पात्र चाहिएको छ । नत्र जनार्दन शर्माहरूले हेप्लान् वा बदली गर्लान् भन्ने डर भयो ।

उनको माओवाद र एकीकृत जनक्रान्तिलाई अब ‘संसदीय भासमा जाकिने’ बहाना चाहिएको छ । त्यसैले तथाकथित समाजवादी मोर्चा चाहिएको छ । प्रचण्डले दौरासुरुवाल भिरिहाले । त्यसैको फेरो समातेर चुनावी राजनीतिमा तरक्की गर्नु छ अब । अझ मौका परे गेरु वस्त्रमा लटपटिएर ‘प्रचण्डपथको उत्तराधिकार’ बन्नु छ ।

दुनियाँलाई थाहा छ– हतियार देखाएर लुटेको ३ करोडको बाँडफाँडमा झगडा परेर उनको पार्टी धुजाधुजा भयो, पार्टीको भनेर किनेको घरजग्गा आफू र आफ्ना आफन्तको नाममा लालपुर्जा राखेको भनेर रहलपहल कार्यकर्ताले छोडिदिए, उनलाई भने संसारको सबैभन्दा ठूलो क्रान्तिकारी पल्टिनुपरेको छ। उनको माओवाद र एकीकृत जनक्रान्तिलाई अब ‘संसदीय भासमा जाकिने’ बहाना चाहिएको छ । त्यसैले तथाकथित समाजवादी मोर्चा चाहिएको छ । प्रचण्डले दौरासुरुवाल भिरिहाले । त्यसैको फेरो समातेर चुनावी राजनीतिमा तरक्की गर्नु छ अब । अझ मौका परे गेरु वस्त्रमा लटपटिएर ‘प्रचण्डपथको उत्तराधिकार’ बन्नु छ ।

यी ४ वटै समूह यथार्थमा अस्तित्व संकटको अनुभूतिले रन्थनिएका गुट हुन् । भित्रभित्रै कमजोर र खोक्रो भइसकेका समूह हुन् । मंसिर ४ को चुनावपछि मात्रै पनि यिनका थुप्रै नेता कार्यकर्ताले पार्टी छोडिसकेका छन् । अझै धेरैले छोड्ने तरखर गर्दैछन् । छोड्ने तयारीका लागि एक-आपसमा छलफल चलाइरहेका छन् । शक्तिको भ्रम सिर्जना गरेर तिनलाई थामथुम पार्नु पनि यो मोर्चाको एक प्राथमिक उद्देश्य हो । जो आफैँ अस्तित्व संकटको अनुभूतिले रन्थनिएको छ–उसको के कल्पनाशीलता, रचनात्मकता होला ? के योजना, प्रतिबद्धता र दूरदृष्टि होला ? कस्तो समाजवादको प्रयत्न गर्ला त्यसले वामपन्थी लफ्फाजीबाहेक ।

जहाँसम्म कांग्रेस–एमालेलाई ‘चेक’ गर्ने कुरा छ–त्यो एक हदसम्म ठीकै होला तर, त्यसको पनि सीमा छ । दुई ठूला पार्टी चिल्लै हुने र सानो तेस्रो पार्टीले ५ वर्ष सरकार चलाउने कुरा संसदीय लोकतन्त्रको मर्म र अन्तर्राष्ट्रिय मान्यताले पुष्टि नगर्ने कुरा हो । तेस्रो पार्टी सधैं सत्ताको सञ्चालक हुने हो भने पहिलो र दोस्रो पार्टीको के काम भयो ? मतदाताले उनीहरूलाई धेरै भोट दिएको के अर्थ भयो ? जनादेशको के मतलब भयो ? यस्तै प्रचलन दशकौं रहने हो भने पार्टी ठूलो हुन किन खोज्ने ? चुनावमा मतदातालाई मेरो पार्टीलाई ठूलो हैन, सानो बनाइदेऊ भन्ने अपिल गर्न थाल्ने अब ?

देशको आर्थिक संकट, भ्रष्टाचार र कुशासन अन्त्य गर्न कुनै योगदान गरेछन् भने मानौला– हो रैछ समाजवादी मोर्चा । देशमा भइरहेका पहिचान र अधिकारका आन्दोलन, स्वशासन र स्वायत्तताका माग, प्रशासनिक तथा वित्तिय संघीयताको अपरिहार्यतालाई सम्बोधन गर्न कुनै सार्थक कदम चालेछन् भने मानौंला–हो रहेछ समाजवादी मोर्चा ।

धेरै चेकको लफडा हुन थाल्यो भने एमाले–कांग्रेस नै मिल्दिन सक्दछन् अनि सबै जिल्लराम । २०५४ पछि एमाले–माले फुटेको बेला एकपटक त्यस्तो अभ्यास भइसकेको हो । यी दल २०८४ को चुनावसम्म एउटै मोर्चामा रहेछन, एउटै पार्टी बनाएछन्, कांग्रेस–एमालेको गठबन्धनतिर नकुदिनकन् यही मोर्चाबाट चुनाव लडेछन, त्यो आँट र विश्वास यिनमा रहेछ भने मानौंला–हो रैछ समाजवादी मोर्चा ।

देशको आर्थिक संकट, भ्रष्टाचार र कुशासन अन्त्य गर्न कुनै योगदान गरेछन् भने मानौला– हो रैछ समाजवादी मोर्चा । देशमा भइरहेका पहिचान र अधिकारका आन्दोलन, स्वशासन र स्वायत्तताका माग, प्रशासनिक तथा वित्तिय संघीयताको अपरिहार्यतालाई सम्बोधन गर्न कुनै सार्थक कदम चालेछन् भने मानौंला–हो रहेछ समाजवादी मोर्चा ।

सरल प्रश्नहरू गरौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीतले बयान गरेका भीआईपीमाथि थप छानबिन र कारबाहीको माग यो मोर्चाले गर्न सक्दछ ? यो प्रकरणमा मुछिएर पनि कानमा तेल हालेर बसेका अख्तियार प्रमुख प्रेमकुमार राईको राजिनामाको औपचारिक माग यो मोर्चाले गर्न सक्दछ ? दर्जनौं ठूला भ्रष्टाचारका काण्डको फाइल खोल्न यो मोर्चाले सक्दछ ? सक्दैन भने केको मोर्चा ? केको समाजवादी मोर्चा ?

जनताको आशा र अपेक्षा एकातिर छ, अर्कोतिर फर्केको गठजोड केको मोर्चा ? युवा पुस्ताका आकांक्षा र सपना एक प्रकारका छन्, त्यसमाथि तातो पानी खन्याउन बनेको गठजोड केको ‘समाजवादी मोर्चा’ ? भाग्न लागेका कार्यकर्तालाई भ्रममा राखेर आफ्नो राजनीतिक अस्तित्व जोगाउन गरिएको प्रपञ्च केको ‘समाजवादी मोर्चा’ ?

खासमा योसँग त्यस्तो कुनै चरित्र, गुण र योग्यता छैन, जसको करणले यसलाई ‘समाजवादी मोर्चा’ भन्न मिलोस् । खासमा यो त ‘मिनी कम्युनिस्ट गठबन्धन’ हो । त्यसैले भन्दा फरक पर्दैन, ‘अर्थ न बर्थ बरु व्यर्थको समाजवादी मोर्चा ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved